कांग्रेसभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइन : देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको बताएका छन् ।

दसैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर शनिवार पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो दाबी गरेका हुन् ।

सभापति देउवाले पार्टी भित्रै कुनै समस्या भए तत्काल समाधान गर्ने समेत बताए । उनले आफूले पार्टी भित्र मेलमिलापको वातावरण बनाउने कोसिस गरिरहेको समेत बताए ।

देउवाले भने ‘ठूला दललाई विस्थापित गर्नुपर्छ भन्ने कुरालाई मैले सकारात्मक रूपमा लिएको छु । काम गर्नुपर्यो भन्नु राम्रो कुरा हो नि । चुनौती आएको छैन । ठूला दलका ठूला नेताहरू त आलोचनाका पात्र हुँदै हुन त । आलोचना गर्ने कुरालाई खराब मानेकै छैन त यहाँ । आलोचना गर्नसम्म गर्नुस् न । ठूला दलको विश्वास गुम्यो तपाईँले भन्नुभयो । तर मलाई त विश्वास छ भन्ने लाग्छ त । यसरी नभन्नुस् न त । तपाईँले भनेको कुरा मैले मान्नुपर्छ भन्ने छैन । माफ गर्नुहोला । विद्यार्थीहरू विदेश पढ्न जान चाहन्छन् । रहर पुगेपछि फर्किहाल्नु हुन्छ नि । नेपाललाई माया गर्नुहुन्छ उहाँहरूले । पार्टी भित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइन । तपाईँहरूले भनेको कुरा सत्य होइनन् नि । मेलमिलाप गर्न खोजिराखेको छु । कहीँ समस्या छ भने समाधान गर्छु मैले ।’

सभापति देउवाले ठूला दल विस्थापित हुन्छन् भन्ने कुरा सत्य नभएको पनि दोहोर्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =