सराय खेल्दै र नाच्दै दसैँलाई बिदाइ गरिँदै (फोटोकथा)

काठमाडौँ । कोजाग्रत पूर्णिमाको दिनमा सराय खेल्दै र नाच्दै दसैँलाई बिदा गरिएको छ। पाल्पा बाहेक गुल्मी, अर्घाखाँची, प्युठान साथै स्याङ्जाको केही भागमा सराय नाच नाच्ने चलन छ ।

दसैँको अवसरमा युद्ध अभ्यास वा त्यसको अभिनय गरेर यो नाच नाचिन्छ । सराय खुडा, खुकुरी, भाला, तरबार जस्ता घरेलु हतियार प्रयोग गरेर नाचिने रमाइलो र साहसिक खेल हो । सरायलाई महोत्सव कै रूपमा लिने चलन छ ।

फरक, फरक स्थानमा सप्तमीदेखि कोजाग्रत पूर्णिमासम्म सराय खेल्ने र नाच्ने गरिन्छ । जिल्लाकै पूर्वी भेगका खालीवन, जव्गादी, सिलुवा, गेझा, गल्धा लगायतका गाविसमा फूलपाती दशैघरमा लागि विसर्जन गर्ने सराय खेलिन्छ ।

अष्टमी, नवमी र दशमीको दिनमा तरबार ठोक्काउने, बली दिइएका पशुको टाउकोलाई वाख्वाई ह्वा गर्दै नचाउने, रमाइलो गरिन्छ ।

कोटघर, देवीको मन्दिरमा राखिएका हतियारलाई प्रदर्शन गर्दै पञ्चेबाजाको तालमा नाच्दै, खेल्दै, रमाउँदै परिक्रमा गर्ने चलन रहेको चलन छ ।

अष्टमीको दिनमा बली दिने र देवी खुसी पार्न तरबार ठोक्काउने र नचाउने गर्दा हेर्नेले समेत रमाइलो मान्दै आनन्द लिन्छन् । अग्ला कोट, देवीका मठमन्दिरमा देवीको पूजाआजा र भजन–कीर्तनसँगै सराय खेल्ने गरिन्छ ।

पञ्चेबाजाको तालमा खुकुरी, खुडा, तरबार नचाउने र खेल प्रदर्शन गरेका थिए । हतियार प्रयोग गरिने भएकोले यसलाई साहसी र रमाइलो खेलको रूपमा समेत लिने गर्छन् ।

घटस्थापनादेखि पूजाआजा गरिएको देवीको मन्दिरको फूलपाती टिका, अक्षता, डोलामा राखेर सराय नाच्दै, खेल्दै नजिकैको पोखरीमा लगी सेलाइने चलन छ ।

यसरी सेलाएपछि यसवर्षको दशैलाई समेत बिदा गरिने र एकवर्षका लागि पुनः हतियारलाई देवीको मन्दिरमा राखिन्छ ।

         

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *