यु १९ नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, प्रशिक्षक भन्छन् : उपाधिको भोका छौँ

काठमाडौँ । अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुने प्रतियोगिता खेल्न जाने यु १९ नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिदाइ गरेको छ ।

सोमवार काठमाडौँमा एक कार्यक्रमबीच खेलाडीहरूको बिदाइ गरिएको हो । क्यान उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का, सचिव पारस खड्का र सदस्य दिवाकर घले, सुदिप शर्मा लगायतले बिदाइ गरेका थिए ।

बिदाइ कार्यक्रममा बोल्दै यु १९ टिमका कप्तान देव खनालले अभ्यास राम्रो रहेको र आफूहरूको उद्देश्य ट्रफी ल्याउने रहेको बताए । उनले फास्ट बलिङ र ब्याटिङ राम्रो रहेको बताए ।

उनले भने ‘अभ्यास राम्रो छ । कोही पनि नराम्रो टिम छैन । सबै राम्रो छन् तर हामीले रिजल्ट राम्रो ल्याउँछौँ भन्ने आस छ । विश्वकपमा ७ वर्षपछि पुग्यौँ । एसिया कप पनि जितौँ भन्ने छ र ट्रफी ल्याउनेछौँ । फास्ट बलर राम्रो छ र ब्याटिङ राम्रो छ । अवसर छ र यो राम्रो छ ।’

कार्यक्रममा बोल्दै नेपाली यु १९ राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले सबै किसिमले तयार रहेको र एसिया कपको क्वालिपफायर हुने र ट्रफी ल्याउने लक्ष्य रहेको बताए । उनले ट्रफीका लागि खेलाडीहरू भोका रहेको बताए ।

उनले भने ‘हामी सबै किसिमले तयार छौँ । एसिया कपको क्वालिपफायरको लागि ४ वटा टिम छन् र सबै महत्वपूर्ण छ । त्यसको लागि हामीले अभ्यास राम्रो गरेका छौँ । जित्नका लागि भोका छन् । हाम्रो उद्देश्य जित्ने नै हो । फिल्डमा राम्रो गर्नुपर्छ ।’

त्यस्तै क्यानका सचिव पारस खड्काले यु १९ क्रिकेट नेपाल क्रिकेटको सबैभन्दा ठूलो पर्फमेन्स गरेर राष्ट्रिय टिममा पर्ने प्लेटफर्म भएको बताए ।

उनले भने ‘यु १९ क्रिकेट नेपाल क्रिकेटको सबैभन्दा ठूलो पर्फमेन्स गरेर राष्ट्रिय टिममा पर्ने प्लेटफर्म भएको छ । इतिहास पनि यही छ । यो यहाँहरुको सामु छ । यो परीक्षा हुने छ । यसलाई अवसरको रूपमा लिनुहोला ।’

समूह ‘ए’ मा नेपाल, बहराइन, साउदी अरेबिया र इरान, समूह ‘बी’ मा युएई, ओमान, कतार र चीन छन् । यसैगरी समूह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्याण्ड र माल्दिभ्स, समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इण्डोनेसिया छन् । १६ एसोसिएट टोली सहभागी प्रतियोगिताका शीर्ष ३ टोली एसिसी यु–१९ एसिया कपका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nine =