एक वर्षका छोरासहित एकै परिवारका ४ जनाको घाँटी रेटी हत्या

काठमाडौँ । मुगुमा एकैक् परिवारका ४ जना मृत अवस्थामा फेला परेका छन् ।

छायाँनाथ रारा नगरपालिका–६ मन्दु बस्ने २८ वर्षीया श्रीदेवी बोहोरा, उनकै छोराहरू ११ वर्षीय मनोज बोहोरा, १ वर्षीय रहर बोहोरा र उनकै छोरी ७ वर्षीया अप्सरा बोहोरा आफ्नै घरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

घाँटी रेटी हत्या गरेको अवस्थामा उनीहरुको शव फेला परेको हो ।

खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगु, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट कुकुरसहित खटिएको प्रहरी टोलीले
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =