टि-२० आई सिरिज

युएईलाई हराउँदै उपाधि जित्न चाहन्छ नेपाल

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र युएई भिड्दै छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा यो खेल बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

नेपाल यस सिरिजमा आफ्ना चारै खेल जितेर अपराजित रहँदै फाइनलमा पुगेको हो भने युएईले हङकङलाई एक खेलमा पराजित गरेर रनरेटका आधारमा हङकङभन्दा माथि रहँदै फाइनलमा पुगेको हो ।

यस सिरिजमा नेपालले युएईलाई दुवै पटक पराजित गरेको छ । नेपाल र युएईबीच अहिलेसम्म ७ टी-२० खेल भएका छन् । जसमा नेपालले ४ खेल जितेको छ भने युएईले ३ खेलमा जित हासिल गरेको छ ।

प्रतियोगितामा नेपालका आसिफ सेखले १४७ रन बनाएर राम्रो फर्ममा रहेका छन् भने युएईबाट बसिल हमीदले १३७ रन बनाएका छन् । तुलनात्मक रूपमा यस सिरिजमा नेपालले सन्तुलित प्रदर्शन गरेको छ । नेपालले ब्याटिङ र बलिङमा विपक्षी टिमलाई दबाब बनाएर खेलिरहेको छ र फाइनलमा पनि सो क्रमलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

सिरिजमा नेपाली बलरहरू विपक्षी टिममाथि हाबी भएका छन् । करण केसीले सर्वाधिक १० विकेट लिएर आफ्नो उच्च फर्म देखाएका छन् भने सोमपाल कामीले ७ विकेट लिएका छन् भने अविनाश बोहोराले ५ विकेट लिएका छन् ।
युएईका बलर जाहूर खान र निलान्श केसवानीले ४/४ विकेट लिएका छन् ।

नेपाली टिम: रोहित पौडेल (कप्तान), आसिफ सेख (विकेटकिपर), विनोद भण्डारी (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिष जिसी, ललित राजवंशी, अभिनाश बोहोरा, विवेक यादव, सागर ढकाल, लोकेस बम, सुर्य तामाङ र श्याम ढकाल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =