क्रिकेट विश्वकपमा अस्ट्रेलिया र नेदरल्याण्डसको भिडन्त

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज अस्ट्रेलिया र नेदरल्याण्डसबीच खेल हुँदैछ । दिल्लीस्थित अरुण जेटली क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि हुँदैछ ।

जारी क्रिकेट विश्वकपमा अस्ट्रेलियाले ४ खेलमा २ जित र २ हार बेहोरेर ४ अंक हासिल गरेको छ । यस विश्वकपमा शुरुका दुई खेलमा लगातार हार बेहोरेर खराब शुरुवात गरेको अस्ट्रेलियाले पछिल्ला दुई खेलमा लगातार जित हासिल गरेर विजयी लयमा फर्किएको संकेत गरेको छ ।

त्यसैगरी नेदरल्याण्डसले भने यस विश्वकपमा दक्षिण अफ्रिकालाई पराजित गरेर यसअघि नै विश्वकपलाई स्मरणीय बनाइसकेको छ । अहिलेसम्म खेलेका ४ खेलमा एक जित र ३ हार बेहोरेको नेदरल्याण्डस अस्ट्रेलियालाई स्तब्ध बनाउने दाउमा रहेको छ । अस्ट्रेलिया र नेदरल्याण्डसबीच अहिलेसम्म २ खेल भएका छन्, जसमा दुवै खेल अस्ट्रेलियाले जितेको छ ।

तर दुवैबीच पछिल्लो खेल २००७ को मार्चमा भएको थियो । करिब १६ बर्षपछि अस्ट्रेलिया र नेदरल्याण्डस एकदिवसीय क्रिकेटमा आमने सामने हुन लागेका छन् ।

अष्ट्रेलियाको सम्भावित प्लेइङ ११: डेभिड वार्नर, मिचेल मार्स, स्टिभन स्मिथ, मार्नस लाबुस्चेन, क्यामरुन ग्रीन, जोश इंग्लिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, प्याट कमिन्स (कप्तान), जोश हेजलवुड र एडम जाम्पा ।

नेदरल्याण्डसको सम्भावित प्लेइङ ११: स्कट एडवर्ड्स (कप्तान), विकेटकीपर), कोलिन एकेर्मन, बास डे लीडे, आर्यन दत्त, तेजा निदामानुरु, म्याक्स ओडाउड, विक्रमजीत सिंह, लोगान भ्यान बेक, रोलोफ भ्यान डर मर्वे, पल भ्यान मिकरेन र साकिब जुल्फिकार ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *