एसीसी यू-१९ विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए बधाई
२०८० कार्तिक ८ गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी यू-१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिएका छन् ।
खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उनले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । मलेसियाको क्वालालाम्पुरमा भएको एसीसी प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली खेलाडीले युएईलाई पराजित गरेको थियो ।
२०८० कार्तिक ८ गते
प्रतिक्रिया
सम्बन्धित








