एउटै शीर्षकमा मंगलबारका मुख्य ८ समाचार

१. धर्मगुरुहरु भन्छन्
काठमाडाैँ । विजयादशमी । अधिकांश नेपालीले मान्यजनबाट टीका, जमरा ग्रहण गरेर मनाउँदैछन् । आफूभन्दा ठूला व्यक्तिबाट नवदुर्गाको प्रसाद ग्रहण गरेर यो पर्व मनाइन्छ ।

दसैँको मुख्य दिन विजयादशमीको महत्त्व वैदिक कालदेखि नै रही आएको १००८ स्वामी आत्मनन्द गिरीजी महाराजले बताउँछन् । तनहुँको देवघाटधाममा रहेको गलेश्वर आश्रमका मठाधीश समेत रहेका स्वामी आत्मनन्दले दसैँ आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल नवमीसम्म उपासना गरेर मनाइने वैदिक सनातन धर्म अनुरुप शक्ति उपासनाको पर्व रहेको बताए । उनी विजयादशमी देवीको प्रसाद ग्रहण गर्ने पर्वको रूपमा रहेको बताउँछन् ।

भगवान् रामले राक्षस रावणसँग युद्ध गर्दा भगवतीको उपासना गरेर शक्ति प्राप्त भएपछि रावणसँग विजयी भएको उत्सवमा यो पर्व मनाइने गरेको किंवदन्ती छ । १००८ स्वामी आत्मनन्द गिरीजी महाराज नेपालमा शक्ति देवीको नाममा बलि दिने प्रचलन विकृतिको रूपमा आएको बताउँछन् । शास्त्रमा धेरै ठाउँमा बलि शब्दको प्रयोग भए पनि बलिको अर्थ देवी, देवतालाई प्रतीकको रूपमा अर्पण गर्ने उपहार रहेको उनको धारणा छ ।

धर्म र संस्कृतिमा विकृति आउन नहुने तथा राजनीतिक हस्तक्षेप हुन नहुने उनको तर्क छ । ‘आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल नवमीसम्म वैदिक सनातन धर्म अनुरुप शक्ति उपासनाको पर्व हो दसैँ । विजया दशमी देवीको प्रसाद ग्रहण गर्ने पर्वको रूपमा हामीले यसलाई लिएका छौँ,’ स्वामी आत्मनन्द गिरीजी भन्छन्, ‘विजयादशमीमा टीका र जमराको प्रयोग हुन्छ । आफूभन्दा ज्येष्ठ, ज्ञानवृद्ध, वयोवृद्धको हातबाट टीकाजमरा लगाएर आशीर्वाद लिने गरिन्छ ।’

उनी थप्छन्, ‘हिन्दुस्तानका सनातन वा अन्यत्रका सनातनीहरूले विजयादशमीमा जमरा र टीको लगाउँदैनन् । केवल नेपालीहरूले मात्रै मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिन्छन् । नवदुर्गाको प्रसादको रुपमा यसलाई ग्रहण गर्दछौँ । भगवान् रामले रावणसँग विजयी पाएको अवसरमा विजयादशमी मनाइन्छ ।’

१०८ स्वामी अमृतानन्द गिरीले सनातन वैदिक परम्परामा पर्ने विभिन्न पर्वहरूमध्येको मुख्य पर्व विजयादशमी भएको बताए । आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा यो पर्व मनाइने परम्परा रहेको उनी बताउँछन् । संस्कृतिसँग पछिल्लो समय केही विकृति जोडिएको भन्दै देवीलाई बलि दिनु राम्रो नभएको स्वामी अमृतानन्दको तर्क छ ।

बलि प्रथा कसले र किन चलायो भन्ने अनुसन्धानको विषय भएको उनको मत छ । ‘आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा यो पर्व मनाइन्छ । आफूभन्दा ज्येष्ठ, श्रेष्ठहरू गन्यमान्यजनबाट तिलकप्रसाद ग्रहण गरेर विजयादशमी मनाइन्छ,’ स्वामी अमृतानन्द भन्छन्, ‘तर यो संस्कृतिसँग अलिकित विकृति पनि जोडिएको छ । जुन बलिप्रथा भनिन्छ, यो विचारणीय छ । जगतजननीलाई यसरी बलि दिनु हुँदैनथ्यो। तर कहाँबाट कसरी र किन यस्तो प्रथा चल्यो, यो अनुसन्धानको विषय हो ।’ टीका प्रसाद ग्रहण गरेर मनाउनु चाहिँ उदाहरणीय भएको स्वामी अमृतानन्द बताउँछन् ।

२. पूर्वराजाबाट दशैँको टिका
मंगलवार हपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको टिका सर्वसाधारणलाइ लगाइदिनुभएको हो । पूर्वराजा शाहको हातबाट टिका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणहरुको लाइन रहेको छ । त्यस अवसरमा उनको हातबाट टिका ग्रहण गर्ने सर्वसाधरणको भीड लागेको थियो । पूर्वराजा शाहले हरेक वर्ष वडा दशैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टिका लगाउँदै आउनुभएको छ ।

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टिका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ ।

त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमी (बडा दशैँ) को सबैभन्दा महत्वपूर्ण दिन हो । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ ।

३.राष्ट्रपतिकोमा उच्चपदस्थदेखि सर्वसाधारणसम्म
राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरुलाई दशैँको टिका लगाइदिनुभएको छ । मंगलवार राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले आम सर्वसाधारणहरुलाई नेपालीहरुको महान चाड बडा दशैँको उपलक्ष्यमा टिका लगाइदिनुभएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सांसदहरु, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरु, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुलाई टिका लगाइदिनुभएको थियो । राष्ट्रपति पौडेलले विजया दशमीको दिन विशिष्ट व्यक्तिकासाथै आम सर्वसाधारणलाई पनि विजया दशमीको टिका लगाइदिनुभएको छ ।

दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टिका तथा जमरा लगाइदिनुभएको हो । टिका लगाउनको लागि मानिसहरू राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा लामवद्ध छन् । यसअघि विजया दशमीको शुभ साईतमा राष्ट्रपति पौडेलले परिवार र आफन्तलाई टिका र जमरा लगाइदिनुभएको थियो । त्यस्तै उहाँले विजया दशमीको दिन भाउजु विष्णुमाया पौडेलेको हातबाट बडा दशैँको टिका ग्रहण गर्नुभएको थियो ।

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टिका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ । त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमी (बडा दशैँ) को सबैभन्दा महत्वपूर्ण दिन हो । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ ।

४. शुभ साइतमा बडा दशैँको टिका
नेपालीहरुको महान चाड बडा दशैँको टिका लगाउन शुरु भएको छ । बिहान ११ बजेर २ मिनेटको शुभ साइतमा आफूभन्दा ज्येष्ठबाट बडा दशैँको टिका लगाउन शुरु गरिएको हो ।

साथै जमरा लगाउने र आशिर्वाद लिन शुरु गरिएको हो । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ । त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमी (बडा दशैँ) को सबैभन्दा महत्वपूर्ण दिन हो ।यसैले आजको दिनलाई विजयको प्रतिकका रुपमा पनि लिइन्छ ।

५.सडकमा चहलपहल बढ्यो
नेपालीहरुको महान चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । दशैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम शुरु भएको हो ।

काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा साईतको टीका घरमा लगाइसकेपछि आफन्तहरुकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारणहरु सवारीसाधन कुरेर बसिरहेको देख्न सकिन्छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ ।

पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ । त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

६. चीनमा २०२३ मा अन्न उत्पादनमा वृद्धि
चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालयले देशमा शरद ऋतुमा उब्जनी हुने अन्नमा वृद्धि हुने बताएको छ । शरद ऋतुमा गत वर्षको तुलनामा अन्न उत्पादन बढ्ने आँकलन गरिएको हो । कृषि क्षेत्र बिस्तार गरिएकाले उत्पादनमा वृद्धि हुने बताइएको छ । यस वर्ष चीनमा उत्पादनमा रेकर्ड कायम हुने बताइएको छ ।

७. मंगोलिया २० प्रतिशत हिउँ चितुवाको घर
विश्वभरका हिउँ चितुवामध्ये २० प्रतिशत बढी मंगोलियामा रहेको वल्र्ड लाइफ फण्ड फर नेचरले, मंगोलियाले जनाएको छ । ८०६ देखि १ हजार १२७ सम्मका लगभग ९५३ वयस्क हिउँ चितुवाहरु मंगालियामा रहेको बताइएको छ । अल्ताई, सायन र खंगाई पर्वत श्रृंखलाहरुमा लगभग ३ लाख २८ हजार ९ सय वर्ग किलोमिटर क्षेत्रफलमा बसोवास गर्ने गरेको बताइन्छ । मंगोलिया चीनपछि विश्वको दोस्रो ठूलो हिउँ चितुवाको भएको देश हो ।

८. खोप अभियान
मंगोलियामा पशुहरुको खुट्टा र मुखमा लाग्ने रोगबिरुद्धको खोप अभ्यिान शुरु भएको छ । गाईवस्तु, भेडा र सुँगुर जस्ता क्लोभेन खुर भएका जनावरहरूमा फैलिएको रोगको बिरुद्धमा खोप अभियान शुरु गरिएको हो ।

अभियानमा कुल ६.६ मिलियन क्लोभेन हुफ भएका जनावरहरूलाई एफएमडी बिरुद्धको खोप लगाइने अपेक्षा गरिएको छ । पशुपालन क्षेत्र मङ्गोलियन अर्थतन्त्रको मुख्य स्तम्भ हो । जुन देशमा यसको ७.१ मिलियन पशुहरु छन् भने पशुहरु ३.४ मिलियन छन् । भूपरिवेष्ठित देश मंगोलिया अर्थतन्त्रलाई विविधीकरण गर्न मासु निर्यात बढाएर आफ्नो पशुपालन क्षेत्रको विकास गर्न प्रयासरत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =