नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि

काठमाडौँ । मलेसियामा जारी एसीसी यू १९ मेन्स प्रिमियर कपको उपाधिका लागि मंगलबार नेपालले युएईसँग खेल्दै छ । सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस नियम अनुसार १४३ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको थियो । उता, युएईले पनि सिंगापुरलाई सोही नियम अनुसार १० विकेटले पराजित गरेको थियो । पानी परेपछि उक्त नियम लगाइएको थियो ।

जारी प्रतियोगिताको फाइनलमा पुगेसँगै एसिया कप यू १९ मा भने दुवै टिमले स्थान पक्का गरिसकेका छन् । आजको विजेताले ट्रफी जित्ने छ । नेपाली टिम अहिले यू १९ विश्वकपमा छनोट भएकाले यो प्रतियोगिता अभ्यासका रूपमा उत्कृष्ट रहेको छ ।

जारी प्रतियोगितामा नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । नेपालका कप्तान देव खनाल, अर्जुन कुमालको प्रदर्शन उत्कृष्ट रहेको छ । यस्तै, युएईविरुद्ध विश्वकप छनोटको खेलमा नेपालले ७ रनको जित निकालेको थियो । त्यतिबेला दीपेश कँडेलले लगातार ३ विकेट लिएर नेपाललाई विश्वकपको टिकट कटाएका थिए । त्यतिबेलाको बदला लिन पनि युएईले जित्न निकै प्रयास गर्ने भएकाले फाइनल खेल साँच्चै फाइनलजस्तै हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *