युएईविरुद्ध कप्तान देव खनालको शतक
मकालु खबर
२०८० कार्तिक ७ गते
काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा कप्तान देव खनालले शतक प्रहार गरेका छन् । युएईविरुद्धको फाइनलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि कप्तान खनालले ९० बलमा शतक प्रहार गरेका हुन् ।
यस प्रतियोगिता खनालको दोस्रो शतक हो । उनले यसअघि इरानविरुद्ध शतक बनाएका थिए । यस खेलमा यो समाचार तयार गरुन्जेल नेपालले ३५ ओभरमा ३ विकेट गुमाएर १८३ रन बनाएको छ ।
मकालु खबर
२०८० कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित