न्यूजील्याण्डलाई हराएर भारत उक्लियो शीर्ष स्थानमा

काठमाडौँ । भारतले न्यूजील्याण्डलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । जारी आइसीसी क्रिकेट विश्वकपमा भारतले न्यूजील्याण्डलाई ४ विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

न्यूजील्याण्डले दिएको २७४ रनको लक्ष्य पछाएको भारतले ४८ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि विराट कोहलीले ९५ रन बनाए भने कप्तान रोहित शर्माले ४६ रन बनाएका थिए । त्यसैगरी रविन्द्र जडेजाले ३९, श्रेयस अय्यरले ३३, केएल राहुलले २७, शुभमन गिलले २६ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्यूजील्याण्डले ५० ओभरमा अलआउट हुँदै २७३ रन बनाएको थियो । न्यूजील्याण्डका लागि डार्यल मिचेलले १३० रन बनाएका थिए । मिचेलको यो एकदिवसीय क्रिकेटमा पाँचौं शतक हो । त्यसैगरी रचिन रविन्द्रले ७५ रन बनाए भने ग्लेन फिलिपले २३, विल योंगले १७ रन बनाएका थिए ।

त्यसैगरी भारतका मोहमद शामीले सर्बाधिक ५ विकेट लिएका थिए । शामीले १० ओभरमा ५४ रन दिएर ५ विकेट लिएका थिए । त्यसैगरी कुलदीप यादवले २ तथा जसप्रित बुमराह र् मोहमद सिराजले एक एक विकेट लिएका थिए ।

यो जितसँगै भारत लगातार पाँच जितसहित शीर्ष स्थानमा उक्लिएको छ । भारतको ५ खेलमा १० अंक भएको छ र  अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको हो । त्यसैगरी न्यूजील्याण्डको ५ खेलमा ८ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

अब जारी विश्वकपमा भारतले अर्को खेल आगामी आइतबार ईङल्याण्डविरुद्ध खेल्ने छ भने न्यूजील्याण्डले आगामी शनिबार अस्ट्रेलियाको सामना गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *