क्रिकेट विश्वकपमा आज भारत र न्यूजील्याण्डको खेल

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भारत र न्यूजील्याण्डबीच खेल हुदै छ । यस विश्वकपमा दुवै टिम अपराजित रहेकाले यो खेल रोमान्चक हुने अनुमान गर्न सकिन्छ ।

दुवैले अहिलेसम्म खेलेका ४-४ खेलमै जित हासिल गरेका छन् । अंकतालिकामा रनरेटका आधारमा न्यूजील्याण्ड शिर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा रहेको छ ।

भारत र् न्यूजील्याण्डबीच अहिलेसम्म ११६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा भारतले ५८ र न्यूजील्याण्डले ५० खेल जितेका छन् । त्यसैगरी ७ खेलको कुनै नतिजा आएको थिएन भने एक खेल बराबरीमा सकिएको थियो ।

त्यसैगरी विश्वकपमा भने यी दुई देश ९ पटक आमने सामने भएका छन् । जसमा न्यूजील्याण्डले ५ खेल जितेको छ भने भारतले ३ खेलमा जित हासिल गरेको छ । त्यस्तै खेल बिना नतिजा सकिएको थियो ।

पछिल्लो पटक २०१९ को विश्वकपमा सेमिफाइनलमा न्यूजील्याण्डले भारतलाई पराजित गरेर फाइनलमा पुगेको थियो ।

यस विश्वकपमा न्यूजील्याण्ड आफ्ना नियमित कप्तान केन विलियम्सन खेल्ने छैनन् भने भारतका अलराउन्डर हार्दिक पाण्डेय पनि यो खेलमा खेल्ने छैनन् । भारतले न्यूजील्याण्डविरुद्ध हार्दिक पाण्डेय र श्रदुल ठाकुरको ठाउमा सूर्यकुमार यादव र मोहमद शामीलाई खेलाउने सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *