हङकङ ७९ रनले पराजित, नेपाल फाइनलमा

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ ।

नेपालले शनिवार खेलिएको आफ्नो तेस्रो खेलमा हङकङलाई ७९ रनले हराएको हो । टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रनको विशाल योगफल तयार पारेको थियो ।

हङकङले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रनमात्र बनाउन सक्यो । जारी प्रतियोगितामा नेपालको यो तेस्रो जित हो भने हङकङको दोस्रो हार ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *