एसिसी यू-१९ प्रिमियर कप

फाइनलमा पुग्न जापानको सामना गर्दै नेपाल

काठमाडौं । नेपाल यू-१९ पुरुष राष्ट्रिय टोलीले एसिसी यू-१९ प्रिमियर कपको सेमिफाइनल खेलमा जापानसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । मलेसियाको बायोमास ओभलमा जापानका कप्तान कोजी हार्डग्रेभ एबीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल समूह ए र जापना समूह डी को विजेताको रुपमा सेमिफाइनल खेल्न लागेका हुन् । जापानले हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५७ रनले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो । हङकङविरुद्ध जापानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो ।

दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेता युएई र समूह सी को विजेता सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । फाइनल मंगलबार हुनेछ । फाइनल पुग्ने दुई र तेस्रो स्थानमा रहने एक गरी तीन टोली आगमी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोली भिड्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *