असनमा भारी बोक्ने काम गर्ने दुई जनाको मृत्यु

काठमाडौँ । असन र न्यूरोड क्षेत्रमा भारी बोक्ने काम गर्दै आएका दुई जनाको मृत्यु भएको छ ।

न्यूरोडको मसान गल्ली र असनमा बिरामी अवस्थामा भेटिएपछि प्रहरीले उनीहरूलाई अस्पतालमा पठाएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतका अनुसार वीर अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दोलखाको कालिन्चोक घर भएका ५४ वर्षीय पूर्णबहादुर थामी र अर्का ३५ वर्षीय युवक छन् ।

अर्का युवकको पहिचान खुलेको छैन । उनीहरू ज्याला मजदुरी गरेर सार्वजनिक स्थानमै बस्ने गरेका थिए । यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =