दसैँदेखि छठसम्म यतीमा उड्दा यात्रुलाई शानदार उपहार

काठमाडौं । दशैं, तिहार र छठ पर्वको अवसरमा यती एअरलाइन्सले आफ्ना यात्रुहरुलाई उपहारहरू दिने घोषणा गरेको छ । यती एअरलाइन्सले आफ्ना आधिकारिक सामाजिक सञ्जाल मार्फत् ‘महोत्सवको बहार, यतीको उडानमा शानदार उपहार’योजना सार्वजनिक गर्दै असोज २८ अर्थात् घटस्थापनादेखि मंसिर ७ गते (छठ पर्व) सम्मको अवधिमा यतीमा यात्रा गर्ने यात्रुहरुमध्ये गोलाप्रथाद्वारा १ जनालाई २०० सीसीको पल्सर बाइक दिने घोषणाा गरेको हो ।
योजनाअन्तर्गत दोस्रो बिजेताले थाइ लायनको तर्फबाट जोडीसहित बैंकक टुर र तेस्रो बिजेताले एलजीको वासिङ्ग मेसिन र चौथो विजेताले श्रीबालाजी डाइमण्डको तर्फबाट हिराको टप जित्नेछन् । यती मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरूमध्ये हरेक हप्ता १ जनाले फार्म सप, लुक्ला आउटडोरको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् भने सिद्धार्थ बुटिक होटलको तर्फबाट दुई जोडीले ‘नाइट स्टे’पाउनेछन् ।
त्यस्तै, प्रत्येक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट स्योरसट उपहारको रूपमा डिस्काउण्ट भौचर प्राप्त गर्न सक्नेछन् । डिस्काउण्ट भौचर दाबी गर्नको लागि भने यात्रुहरुले विमानमा इन-फ्लाइट इन्टरटेनमेन्ट सर्भिस प्रयोग गर्दा दशैं क्याम्पेन ब्यानरमा क्लिक गरेर आफ्नो विवरण भरी पेश गर्नुपर्नेछ । यो योजना चलिरहँदा सामाजिक सञ्जालमा समय-समयमा सोधिने प्रश्नको सही जवाफ दिनेहरूमध्येबाट तीन जनालाई विशेष क्रियसनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
यो योजना आफ्ना यात्रुहरूबीच खुशी बाँड्न र चाडपर्वलाई थप हर्षोल्लासमय बनाउन ल्याइएको यती एअरलाइन्सले जनाएको छ । योजना सकिएलगत्तै आफ्नो फेसबुक पेजमार्फत् लाइभ गरेर बिजेताहरू घोषणा गरिने कम्पनीको भनाइ छ ।








