टी-२० त्रिकोणात्मक सिरिज

नेपालको शानदार बलिङ, हङकङले पाँच विकेट गुमायो

काठमाडौँ । नेपालले हङकङविरुद्ध पाँचौँ सफलता हासिल गरेको छ । त्रिकोणात्मक सिरिज अन्तर्गत आजको खेलमा टस जितेर पहिला बलिङ गरिरहेको नेपाललाई कुशल मल्लले पाँचौँ सफलता दिलाएका हुन् ।

कुशलले ७ रन बनाएर खेलिरहेका हङकङका एजाज खानलाई आउट गरेका हुन् । यसअघि यस खेलमा करण केसीले तीन विकेट लिएका थिए भने सोमपाल कामीले एक विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल हङकङले ११ औँ ओभर सकिदा ५ विकेट गुमाएर ४४ रन बनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *