इजिप्टका राष्ट्रपतिद्वारा प्यालेस्टाइनीहरुलाई समर्थन, सिनाइ स्थानान्तरण अस्वीकार

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले प्यालेस्टाइनी जनतालाई इजिप्टको पूर्ण समर्थन रहेको बताएका छन् । प्यालेस्टाइनको समर्थन गर्दै उनले सिनाई प्रायदिव्पमा स्थानान्तरण गर्ने कुनैपनि प्रयास नगर्न चेतावनी दिए ।

उनले काइरो भ्रमणमा रहनुभएका जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको संयुक्त पत्रकार सम्मेलनमा सिसीले प्यालेस्टाइनीहरुलाई आफ्नै भूमिबाट बिस्थापित गर्ने निर्णयको बिरोध गर्ने बताए । सिनाइमा बिस्थापित हुनु भनेको इजिप्ट इजरायल बीचको दीर्घकालीन शान्तिलाई खतरामा पार्ने र इजिप्टको षेत्रमा इजरायल बिरुद्धको आक्रमण हस्तान्तरण गर्नु भएको बताए ।

सिसीले गाजापट्टीमा अस्पतालमा आक्रमण परी निधन भएका ५ सय जनाको शोकमा तीन दिने शोकको घोषणा समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =