साउदीविरुद्ध १४२ रन बनाएर आउट भए अर्जुन कुमाल

काठमाडौँ । युवा ब्याटर अर्जुन कुमालले साउदी अरेवियाविरुद्ध १४२ रन बनाएका छन् । मलेसियामा जारी एसिसी यू१९ प्रिमियर कपमा अर्जुनले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय इनिङ खेलेका हुन् ।

योसँगै उनी नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने इतिहास रचेका छन् । यसअघि नेपालबाट एकै खेलमा सर्वाधिक रन कुशल मल्लको नाममा थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *