टी-२० आई सिरिज

लगातार दोस्रो जितको खोजीमा हुनेछ नेपाल

काठमाडौँ । त्रिकोणात्मक टी- २० सिरिजमा नेपालले आज हङकङको सामना गर्दै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुने तालिका रहेको छ ।

नेपालले यस सिरिजको पहिलो खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ भने हङकङ भने आफ्नो पहिलो खेल खेल्दैछ । नेपाल र हङकङबीच अहिलेसम्म ५ टी-२० खेल भएका छन् । जसमा हङकङले ३ खेल जितेको छ भने नेपालले २ खेल जितेको छ । पछिल्लो पटक यी दुई देशबीच २०१९ मा खेल भएको थियो ।

नेपाल हङकङविरुद्ध मैदान उत्रिँदा लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपालले तेस्रो खेल कार्तिक ४ गते हङकङसँग नै खेल्नेछ । त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् । लिग चरणका सबै खेल मुलपानी हुनेछ । तर, फाइनल खेल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपाली टिम: रोहित पौडेल (कप्तान), आसिफ सेख (विकेटकिपर), विनोद भण्डारी (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिष जिसी, ललित राजबंशी, अभिनाश बोहोरा, विवेक यादव, सागर ढकाल, लोकेस बम, सुर्य तामाङ र श्याम ढकाल ।

हङकङको टिम: निजाकत खान(कप्तान), अदित गोरावारा, अजिज खान, आयुश शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, मोहम्मद गजानफार, हरुन अर्शद, नसरुल्लाह राना, मार्टिन कोट्जी, राग कपुर, स्कट म्याकेन्जी, यासिम मुर्तजा र जिशान अली ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *