मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
२०८० कार्तिक १ गते

नवलपरासी । सरावल गाउँपालिका–१ सालबासमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने ५२ वर्षीय गोविन्द भण्डारीको बुधबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा
उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८० कार्तिक १ गते
प्रतिक्रिया
सम्बन्धित








