टस जितेर फिल्डिङ गर्दै नेपाल
२०८० कार्तिक १ गते

काठमाडौं । नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत युएईसँग टस जितेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
योसँगै मुलपानी मैदान टि२० आई मान्यता पाउने विश्वको १ सय ९० औं क्रिकेट मैदान बनेको छ ।
आजको खेलमा नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन् । सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उनले अवसर पाएका हुन् ।
विगत ८ महिनायता नेपालको राष्ट्रिय टिमसँग प्रशिक्षण गरिरहे पनि उनले डेब्युको मौका पाएका थिएनन् ।


२०८० कार्तिक १ गते
प्रतिक्रिया
सम्बन्धित








