उत्कृष्ट सुरुवात गरेको श्रीलंका ४४ औं ओभरमा अलआउट हुँदा अष्ट्रेलियालाई सामान्य लक्ष्य

आईसीसी एकदिवशीय विश्वकप क्रिकेटमा उत्कृष्ट सुरुवातका बाबजुद श्रीलंकाले अष्ट्रेलियालाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

जारी खेलमा पहिले टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले अष्ट्रेलियालाई २ सय १० रनको लक्ष्य दिएको हो।

लखनऊमा ४३.३ ओभरमा २ सय ९ रनमा श्रीलंका अलआउट भयो।

श्रीलंकालाई ओपनरले सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। तर पछि ८४ रन बनाउँदा १० विकेट गुमाउन पुग्यो।

श्रीलंकाका ओपनर कुशल परेराले ८२ बलमा १२ चौकासहित सर्वाधिक ७८ रन बनाए । त्यस्तै पाथुम निसांका ६७ बलमा ८ चौकासहित ६१ रनमा आउट भए ।

श्रीलंकालाई ओपनर पाथुम निसांका र कुशल परेराले २१.४ ओभरमा १ सय २५ रनको सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर स्पिनर एडम जाम्पा र प्याट कमिन्सले उत्कृष्ट पुर्नरागमन गराए।

अष्ट्रेलिया एडम जाम्पाले ८ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर ४ विकेट लिए । प्याट कमिन्सले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ४३ रन खर्चेर २ विकेट लिए ।

ग्लेन म्याक्सवेलले १ विकेट लिए। केहीबेरमा अष्ट्रेलियाले जवाफी ब्याटिङ गर्दैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =