पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ मात्र
२०८० असोज २९ गते

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । निगमलेले आजदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

२०८० असोज २९ गते
प्रतिक्रिया
सम्बन्धित








