‘घटस्थापना’ हिन्दुहरूको महान चाड बडादसैँको पहिलो दिन (तस्बिरहरू)

काठमाडौँ । नवरात्री आरम्भको पहिलो दिन आश्विन शुक्ल पक्ष प्रतिपदालाई घटस्थापना भनिन्छ । हिन्दुहरूको महान चाड बडादसैँको पहिलो दिन पनि हो घटस्थापना ।

आजको दिन दुर्गा भवानीलाई घरघरमा स्थापना गरी जमरा राखिन्छ । काठमाडौँको हनुमान ढोकास्थित दसैँ घरमा र हिन्दु धर्मावलम्बीहरूका घरमा जमरा राख्ने गरिएको छ ।

आजदेखि नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ ।

घटस्थापनापछि दशैंको चहलपहल पनि सुरु हुन्छ । दसैँभर हरेक दिन प्रमुख शक्ति पीठहरू भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, खाँडादेवी, कालीमाईलगायत देशका अन्य स्थानका शक्ति पीठमा समेत दुर्गा भवानीको पूजा हुन्छ ।

त्यसैगरी देवदेवीका मन्दिर र शक्तिपीठहरूमा शक्तिरुपा दुर्गाको पूजा आराधना गरिन्छ । विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा स्थापना गरिन्छ ।

              

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *