टेरामक्सले फोन ट्याप र एसएमएस रिडिङ गर्दैन : अध्यक्ष खनाल

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम कम्पनीहरूले गर्ने बदमासी रोक्ने लक्ष्यसहित सरकारले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) ल्याउन लागेको जानकारी दिए ।

सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा टेरामक्स प्रविधिको विषयमा जानकारी दिँदै यस्तो बताएका हुन् । उनले टेरामक्सले व्यक्तिगत डेटा नराख्ने भएकाले फोन ट्याप नगर्ने दाबी गरे ।

उनले प्राधिकरणले टेलिकम कम्पनीहरूले व्यक्तिगत डेटाका आधारमा राज्यलाई कर तिर्ने गरेकाले कहाँ कति बदमासी भएको छ भन्ने विषय रोक्न टेरामक्स आवश्यक परेको बताए ।

उनले टेलिकमको डेटा प्रयोग भए/नभएको माक्समा डेटा कलेक्सन गर्ने र डेटा सुरक्षित हुने भएकाले टेरामक्स जडान गर्न खोजिए पनि अदालत र फोन ट्याप विवादले जडान गर्न नसकिएको बताए ।

उनले विश्वका कुनैपनि दूरसञ्चार कम्पनीहरूले सबै कल ट्यापिङ गर्न नसक्ने बताए । उनले प्राधिकरणको टेण्डरमा फोन ट्यापिङ गर्ने कुरा समावेश नभएको बताए । उनले टेरामक्सले फोन ट्याप र एसएमएस रिड पनि नगर्ने भन्दै डेटा सुरक्षित गराउनको लागि प्राधिकरणलाई आवश्यक डाटा मात्रै राख्ने बताए ।

उनले मलेसिया, भारत, पाकिस्तान, चीन, बंलादेश, इन्डोनेसिया, सिंगापुर, अमेरिका, बेलायत लगायतले सम्पूर्ण वितरण गर्ने भनेर गरिरहेका बताए ।

उनले भने ‘टेरामक्स कस्टुम डिजाइनको लागि नियमन निकायलाई नियमन गर्नको लागि केके आवश्यक पर्छ त्यो मात्रै बनाउनको लागि आएको हो । विशेषगरी कल ट्यापिङ छ की भन्ने हिसाबका कुरा भइरहेका छन् । विश्वका कुनै पनि दूरसञ्चार कम्पनीहरूले सबै कल ट्यापिङ गर्न सक्दैन । ओभर साइट एजेन्सीहरूले ड्यु प्रोसेर पूरा गरेर माग्यो भने त्यो कुरालाई प्राथमिकता दिएर कल ट्यापिङ गर्ने हो । टेरामक्सले फोन ट्यापिङ गर्दैन । प्राधिकरणको टेण्डरमा फोन ट्यापिङ गर्ने कुरा छैन । कम्पनीले नेपालाई अतिरित सेवा दिँदैन होला । हामीले हवाईट पेपर निकालेका छौँ यो सुविधा छैन । यसमा एसएमएस रिड पनि गर्दैनौँ । अझ सुरक्षित गराउनको लागि प्राधिकरणलाई जे जति डाटा चाहिन्छ त्यो मात्रै राख्छ । टेरामक्सले कहाँबाट कल आएको हो र त्यसको कलको शुल्कदर कति थियो । नेपालमा आउँदा कति मोनिटरिङ भयो । त्यति मात्रै हामीलाई चाहिने हो । मलेसिया, भारत, पाकिस्तान, चीन, बंलादेश, इण्डोनेसिया, सिंगापुर, अमेरिका, बेलायत लगायतले सम्पूर्ण वितरण गर्ने भनेर गरिरहेका छन् । कसैले आफ्नो देशको आवश्यकता अनुसार राखेका छन् । टेरामक्स भनेको फोन ट्यापिङ गर्नलाई ल्यायो भन्ने कुरा ठिक होइन । आवेदन परेका कम्पनीहरूको लागत मूल्य त्यति धेरै ठूलो होइन । २०७४/७५ सम्झौता गरेर त्यो बेलाको प्रविधि अनुसार गरेको टेण्डर अहिलेको विकसित प्रविधिहरू आएकाले कहिले र त्यो बेलाको मूल्यमा तुलना गरेर टेरामक्सलाई न्याय हुँदैन ।’

उनले टेरामक्स फोन ट्यापिङ गर्नलाई ल्यायो भन्ने कुरा ठिक नभएको बताए । उनले टेरामक्स ल्याउने २०७४/७५ तिरको प्रविधि अनुसार गरेको सम्झौता मूल्यमा अहिलेको प्रविधि ल्याउने विषयले बेलाको मूल्यमा तुलना गरेर टेरामक्सलाई न्याय नगर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + five =