चालुपुँजी कर्जा मार्ग निर्देशनको कारण थप लगानी हुन सकेन : निजी क्षेत्र

काठमाडौं । चालुपुँजी कर्जा मार्ग निर्देशनको कारण बैंकमा भएको लगानी योग्य रकम लगानी हुन नसकेको निजी क्षेत्रले बताएको छ ।

बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य कार्यक्रममा बोल्दै निजी क्षेत्रका छाता संगठनहरुले यस्तो बताएका हुन् ।

उनीहरुले नेपाल राष्ट्र बैंकले लागू गरेको चालुपुँजी कर्जाको कारण उद्योगी व्यवसायीहरुले ऋण लिन नचाहेको बताए ।

निजी क्षेत्रका छाता संगठनहरुले बजारमा पुँजी लगानी नभएसम्म मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने भन्दै राष्ट्र बैंकले बैंकमा रहेको लगानीयोग्य रकम लगानी पर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ५ खर्ब जति बैंकहरुमा अधिक तरलता रहेपनि कर्जा लिने व्यवसायीहरु नभएको बताए ।

उनले बैंकको अधिक तरलतालाई लगानीमैत्री वातावरण बनाउन राष्ट्र बैंकले प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।

उनले बैंकहरुमा भएको रकम लगानी हुन नसक्दा अर्थतन्त्रमा संकुचन आउन थालेको बताए ।

उनले सरकारले घरजग्गा कित्ताकाट खोले पनि निर्देशिका र नियम बनेको छैन भन्ने नापी र मालपोत कार्यालयहरुले काम नगरेको गुनासो गरे ।

उनले प्रधानमन्त्रीले निर्देशन नै दिएर एक्सनमा योजना बनाएर काम गर्न लगाउन माग गरे ।

उनले घरजग्गा कारबोर खच्किँदा अर्थतन्त्र पनि मन्दीमा गएको भन्दै घरजग्गा कारोबारमा रहेका समस्या तत्काल समाधान गर्न आवश्यक रहेको बताए ।
उनले भने–‘५ खर्ब जति बैंकहरुमा अधिक तरलता छ । सिडि रेसियो बैंकले ९० भने पनि ८२ प्रतिशतमा झरेपनि लगानी मैत्री वातावरण भएन । ऋण लिने मान्छेहरु छैन । यसको लागि राष्ट्र बैंकले प्रोत्साहन गर्नुपर्छ । अर्थतन्त्र चलायमान हुने विधि अपनाउनु प¥यो । बैंकमा पैसा आउने विधि नै कठिनाई छ । यसले गर्दा अर्थतन्त्रमा संकुचन पर्न गयो । बैंकले लगानी गर्दा पनि किताकाट खोले पनि निर्देशिक,नियम बनेको छैन भन्ने नापी र मालपोत कार्यालयहरुमा समस्या छ । प्रधानमन्त्रीले निर्देशन नै दिएर एक्सन योजना बनाएर काम गर्न लगाउनु प¥यो । ढिलासुस्ति गर्ने होइन । काम हुन्छ भने हुन्छ नभए फाइल दराजमा राखेर मनोवल अनुसार काम हुनु भएन । यसले धेरै मानिसहरु निराश भएका छन् । घरजग्गा कारोबोर खच्किदा अर्थतन्त्र पनि मन्दीमा गयो । धेरै उद्योगहरु चल्न सकेन्न । रोजगारी पनि घट्न गयो ।’

त्यस्तै,नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रबहादुर पाण्डेले चालुपँुजी कर्जा मार्ग निर्देशनको कारण बैंकको लगानी योग्य रकम लगानी हुन नसकेको बताए ।

उनले चालुपँुजी कर्जा माग निर्देशनले व्यवसायीहरुले कर्जा लिने र लगानी कटौती गरेको बताए ।

उनले बैंकहरुमा लगानी योग्य पुँजी भएपनि व्यवसायीहरुले ऋण लिन सकेको बताए । उनले बैंकहरुमा लगानी योग्य पुँजी लगानी हुन नसक्नु अर्थतन्त्रको समस्या भएको बताए ।

उनले लगानी नगर्ने र खर्च नगर्ने हो भने अर्थतन्त्रमा सुधार आउन नसक्ने बताए । उनले बजारमा पैसा नगएपछि अर्थतन्त्र चलायमान हुन नसकेको बताए ।

उनले अहिलेकै अवस्थाले निरन्तता पाउने हो भने देशमा आर्थिक गतिहिनत गहिरिने सम्भावना रहेको बताए ।

उनले अर्थतन्त्रमा कन्जक्सन डाउन ब्रेकको स्थिति सिर्जना भएको भन्दै व्यक्ति तथा घर परिवारले अत्यावश्यक बाहेकमा खर्च र उपभोग स्तरमा कटौती गरेको बताए ।

उनले अर्थतन्त्रमा सरकारले तत्काल प्रभावकारी कदम नचाल्ने हो भने छिटो अवधिमा नै डिप्रेशनमा जाने सम्भावना रहेको बताए ।

उनले मुलुकको अर्थतन्त्र डिप्रेशनमा जानबाट रोक्न मौद्रिक र वित्तीय संरचनागत नीतिहरु कार्यान्वयन र सुधार गर्न जरुरी रहेको बताउए ।

उनले भने–उपभोक्ताहरुदेखि व्यवसायीहरुले समेत लगानीमा कटौती गरिरहेका छन् । बजारमा पैसा गएको छैन । बजारमा पैसा नगएपछि अर्थतन्त्र चलायमान हुन सक्दैन । यही अवस्था रहने हो भने देशमा आर्थिक गतिहिनत गहिरिने सम्भावना देखेका छौं । अर्थतन्त्रमा कन्जक्सन डाउन ब्रेकको स्थिति सिर्जना भएको छ । व्यक्ति तथा घर परिवारले अत्यावश्यक बाहेकमा खर्च र उपभोग स्तरमा कटौती गरेका छन् । न्युन बजार आर्थिक गतिविधिले पुष्टि गरेको छ । अन्य वस्तु वा सेवाको अवस्था निराशाजनक छ । अर्थतन्त्रमा सरकारले तत्काल प्रभावकारी कदम नचाल्ने हो भने छिटो अवधिमा नै डिप्रेशनमा जाने चिन्ता व्यक्त भइरहेको छ । अर्थतन्त्र डिप्रेशनमा जानबाट रोक्न मौद्रिक र वित्तीय संरचनागत नीतिहरु कार्यान्वयन र सुधार गर्न जरुरी छ । विदेशी ऋण दाताको आर्थिक नीति निर्देशन अर्थतन्त्रको लागि उपयुक्त होला नहोला तर यो समयमा लागू गर्दा यसले अर्थतन्त्रमा समस्या आएको हाम्रो ठहर छ । हाम्रो अर्थतन्त्रको प्रकृति रिजिलेन्स क्षमता नियमक निकायहरुलाई हुनुपर्छ । हामीलाई सुहाउँदो उपयुक्त सुझाव लागू गर्नुपर्छ । यसमा हामी चुकेका छौं । सुधार गर्न आवश्यक छ । बैंकहरुमा लगानी योग्य पुँजी भएपनि व्यवसायीहरुले ऋण लिन सकेका छैनन् । यही हाम्रो अर्थतन्त्रको समस्या हो । लगानी नगर्ने र खर्च नगर्ने हो भने अर्थतन्त्रमा सुधार आउन सक्दैन । बैंकमा भएको तरलता चालुपुँजी कर्जा निर्देशनको कारण लगानी हुन नसकेको हो ।’

उनले विदेशी ऋण दाताको आर्थिक नीति निर्देशन अर्थतन्त्रको लागि उपयुक्त नहुने भन्दै विदेशी ऋण दाताको आर्थिक नीति निर्देशन सरकारले मान्दा अर्थतन्त्रमा समस्या आएको निजी क्षेत्रले ठहर गरेको बताए ।

उनले सरकारले नेपालको अर्थतन्त्र सुहाउँदो नीति बनाउनु उपयुक्त हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =