इरानविरुद्ध कप्तान देव खनालले हाने १०० रन 

काठमाडौँ । नेपाली यू-१९ राष्ट्रिय टिमका कप्तान देव खनालले इरानविरुद्ध शतक प्रहार गरेका छन् । जारी एसीसी यू- १९ प्रिमियर कप अन्तर्गत इरानविरुद्धको खेलमा खनालले शतक प्रहार गरेर आउट भएका हुन् ।

उनले ६० बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै शतक पुरा गरेका थिए । शतक पुरा गर्नासाथ उनी आउट भएका थिए । यू-१९ प्रिमियर कपको यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । यो समाचार तयार गरुन्जेल नेपालले २७ ओभरमा ४ विकेट गुमाएर २४४ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nineteen =