एकदिवसीय क्रिकेट विश्वकमा अफगानिस्तानले भारतलाई दियो २ सय ७३ रनको लक्ष्य

काठमाडौँ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकमा अफगानिस्तानले भारतलाई २ सय ७३ रनको लक्ष्य दिएको छ ।

दिल्लीको अरुण जेट्ली स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७२ रन बनायो ।

अफगानिस्तानका हश्मतुल्लाह शाहिदीले सर्वाधिक ८० रन बनाए ।

यस्तै अजमतुल्लाह ओमरजाईले ६२ रन जोडे । बलिङतर्फ भारतका जसप्रीत बुमराहले ४ र हार्दिक पान्ड्याले २ विकेट लिए ।

दुवै टोलीको यो दोस्रो खेल हो । भारतले पहिलो खेलमा अस्ट्रेलियालाई हराउँदै अफगानिस्तान बङ्गलादेशसँग पराजित भएको थियो ।

भारत एक खेलमा दुई अङ्कसहित तालिकाको चौथो स्थानमा छ भने अफगानिस्तान १ खेलमा अङ्कविहीन हुँदै नवौँ स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =