क्रिकेट विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार सम्पन्न खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा लागातार दोस्रो जित हासिल गरेको हो ।

श्रीलंकाले दिएको ३४५ रनको लक्ष्य पछाएको पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पाकिस्तानको जितमा अब्दुल्लाह शफिक र मुहमद रिजवानले शतकीय पारी खेलेका थिए । शफिकले ११३ रन बनाए भने रिजवानले अविजित १३१ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले कुशल मेन्डिज र साडीरा समाराविक्रमाको शतकीय पारीको मद्दतले ५० ओभरमा ९ विकेट गुमाउदै ३४४ रन बनाएको थियो ।

यो जितपछि पाकिस्तानको २ खेलमा ४ अंक भएको छ भने श्रीलंकाले भने लगातार दोस्रो हार बेहोरेको छ । जारी विश्वकपमा अब पाकिस्तानले अक्टोबर १४ मा भारतको सामना गर्ने छ भने श्रीलंकाले अक्टोबर १६ मा अस्ट्रेलियाको सामना गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =