एमाले सुदूरपश्चिम अध्यक्षका लागि ४ जनाको उम्मेदवारी

काठमाडौँ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ।

आज (मंगलबार) साँझ पाँच बजेदेखि एमाले सुदूर पश्चिम प्रदेशको नेतृत्व चयन गर्न निर्वाचन हुँदै छ। धनगढीमा गएको आइतबारदेखि एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन चलिरहेको छ।

प्रदेश अध्यक्षमा निवर्तमान प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

तिमल्सिना, जैसी र साउद अछामका हुन् भने सिंह कञ्चनपुरका एमाले नेता हुन्।

आज बिहान ७ बजेदेखि साढे ११ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए।

उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ५ बजेदेखि मतदान सुरू गर्ने निर्वाचन समितिको तयारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + three =