रसुवामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

रसुवामा आलु बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

जिल्लाको आमाछोरिङ्मो गाउँपालिका-२ नेसिङ खोलामा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको हो ।

आमाछोरिङ्मो २‚ नेसिङबाट ग्रेतर्फ आलु बोकेर जाँदै गरेको बा ५ ख ५७८ नम्बरको आइसर गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

मृत्यु हुनेमा आमाछोरिङ्मो-२ का अन्दाजी ३० वर्षीय फुर्पा छोवाङ‚ सोही स्थानकी अन्दाजी ४० वर्षीया पेम्बा डोल्मा तामाङ र अन्दाजी ३० वर्षीय अक्कलबहादुर तामाङ रहेको रसुवा जिल्लाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

दुर्घटनामा ५ जना घाइते भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nine =