सुदूरपश्चिम अधिवेशन महासचिव पोख्रेललाई जिम्मा दिएर काठमाडौं फर्किए ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्किएका छन् । पार्टीको सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन उद्घाटन गर्न धनगढी पुगेका ओली आजै काठमाडौं फर्किएका हुन् ।

अधिवेशनबारे थप निर्णय लिने अधिकार महासचिव शंकर पोख्रेललाई जिम्मा लगाउँदै ओली फर्किएका हुन् । ‘सबैसँग सल्लाह गरेर थप निर्णय महासचिवले लिनुहुनेछ’, अध्यक्ष ओलीले प्रदेशका नेताहरूलाई भनेका थिए ।

उनले सर्वसम्मत नेतृत्व चयन गर्न उपलब्ध नेताहरूलाई सुझाव दिएका छन् ।

अहिलेसम्म सुदूरपश्चिममा अध्यक्षमा तीन जनाले दाबी गरेका छन् ।

अछामका कृष्णप्रसाद जैशी र कमल तिमिल्सिना तथा कञ्चनपुरका बचनबहादुर सिंह अध्यक्षको दौडमा छन् । उनीहरुबीच अझै सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eleven =