विश्वकप क्रिकेट : अष्ट्रेलियाको सामान्य लक्ष्य पछ्याएको भारतको खराब सुरुवात, तीन ब्याटर शून्यमा आउट

अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा आफ्नो पहिलो खेलमा घरेलु टोली भारतका तीन ब्याटरलाई शून्यमा आउट गर्दै सानदार सुरुवात गरेको छ।

तीव्र गतिका बलर मिचेल स्टार्कको पहिलो ओभरको चौथो बल सर्ट खेल्ने धुनमा ओपनर ईशान किशन क्याच हुन पुगे ।

जोश हेजलवुडले दोस्रो ओभरको तेस्रो बलमा भारतीय कप्तान रोहित शर्मालाई शून्य रनमै पेभेलिएन फर्काए। रोहित शर्मा ६ बल खेल्दा खाता नखोली एलबीडब्लू आउट भए। रिभ्यु लिएपनि उनी सफल हुन सकेनन् । यसै ओभरको अन्तिम बलमा श्रेयस ऐर सर्ट खेल्ने धुनमा सर्ट कभरमा डेविड वार्नरबाट शून्यमा क्याच आउट भए ।

जितको लागि २ सय रनको सामान्य लक्ष्य पछ्याएको भारतलाई अहिले विराट कोहली र केएल राहुलले सम्हालिरहेका छन्।

१५ ओभरको खेल सकिँदा भारतले ३ विकेटको क्षतिमा ४९ रन बनाएको छ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९।३ ओभरमा १ सय ९९ रनमा अल आउट भएको थियो ।

अष्ट्रेलियाका स्टिभ स्मिथले ७१ बलमा ५ चौकासहित सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै ओपनर डेविड वार्नरले ५२ बलमा ६ चौकासहित ४१ रन बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =