विद्युत विधेयकमा जलस्रोतको बहुपक्षीय उपयोग हुनेगरी आएको छ : सांसद पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले जलस्रोतलाई बहुपक्षीय र बहुउद्देश्यीय रूपमा उपयोग गर्नेगरी विद्युत विधेयक आएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पुनले जलस्रोतलाई बहुपक्षीय र बहुउद्देश्यीय रूपमा उपयोग गर्ने गरी विद्युत विधेयक २०८० आएको बताएका हुन् । उनले विधेयकमा दिगो ढंगले ऊर्जाको आपूर्ति गर्ने कुरा उल्लेख भएको बताए ।
त्यस्तै, प्राकृतिक स्रोत, साधनको संरक्षण, संवर्धन र उपयोग गर्ने कुरा पनि विधेयकमा उल्लेख भएको उहाँको भनाई छ । उहाँले सङ्घीय इकाईहरूको बीचमा विद्युत उत्पादन गर्ने, सञ्चालन गर्ने जिम्मेवारीहरू बाँडफाँट गर्ने कुराहरू उल्लेख भएको पनि उनले बताए ।
उनले भने ‘हाम्रो प्राकृतिक स्रोतमध्ये सबभन्दा बढी उपलब्ध भएको कुरा जलस्रोत नै हो । जलस्रोतको बहुपक्षीय उपयोग कसरी गर्नेरु बहुउद्देश्यीय उपयोग कसरी गर्ने ? त्यो कुरा नै मुख्य कुरा हो । जलस्रोतलाई बहुउद्देश्यीय रूपमा उपयोग गर्ने यसमा एक खालको प्रस्थान बिन्दु गर्न खोजेको छ विद्युत क्षेत्रमा । एकातिर भरपर्दो, दिगो ढंगले ऊर्जालाई आपूर्ति गर्ने ढंगले कुरा गरेको छ । अर्कोतिर प्राकृतिक स्रोत, साधनको संरक्षण, सम्वद्र्धन र उपयोग गर्ने कुरा गरेको छ । साथसाथै सङ्घीय इकाईहरूको बीचमा विद्युत उत्पादन गर्ने, सञ्चालन गर्ने जिम्मेवारीहरू बाँडफाँट गर्ने कुराहरू गरेको छ । साथसाथै प्रतिस्पर्धात्मक ढंगले जान्छ ।’
उनले विद्युतको क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजिएको बताए ।








