इन्गेजमेन्ट गरेका आयुष र अलिजेहलाई ओलीको बधाई

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीलाई बधाई दिएका छन् ।

बधाई दिँदै ओलीले मायाले जाति, धर्म, र देशको सीमाको पर्खाल नाघेर उचाइ लिएको उल्लेख गरेका छन् । यसले जाति, धर्म, सम्प्रदायमा समानता खोज्न सिकाउने उनको भनाई छ ।

‘नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले ( उनीहरूको टिकटक यदाकदा हेर्ने पनि गर्छु) दुबईमा आफ्ना आमाबाबुलाई साक्षी राखेर आ–आफ्नो संस्कृति अनुसार इन्गेजमेन्ट (टिकाटालो) गरे। मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ। यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन समानता खोज्न सिकाउँछ ।

उनीहरूलाई बधाई छ,’– ओलीले सामाजिक सञ्जालमा भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =