आइसिसी विश्वकप क्रिकेटमा पाकिस्तानको विजयी सुरुवात, नेदरल्यान्ड्स ८१ रनले पराजित

आइसिसी विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी सुरुवात गरेको छ। शुक्रबार बेलुका नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गर्दै पाकिस्तान विजयी भएको हो।
२ सय ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सलाई २०५ रनमा अलआउट गर्दै पाकिस्तानले सुखद सुरुवात गरेको हो।
भारतको हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८६ रनको योगफल बनाएको थियो।
नेदरल्यान्ड्सका ओपनर बिक्रमजित सिंहले ६७ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५२ रन जोडे। बास डे लीडले ६८ बलमा ६ चौका र २ छक्काको मद्दतमा ६७ रन बनाए।
कोलिन एकरम्यान १७ सकिज जुल्फिकारले १० रन बनाए। लोगन भान वीकले २८ बलमा २८ रनमा नटआउट रहे।
पाकिस्तानका हरिस रउफले महत्वपुर्ण ३ विकेट लिए। हसन अलीले २ तथा शाहीन शाह अफ्रिदी, इफ्तिखार अहमद, मोहम्मद नवाज र सादाब खानले समान एक एक विकेट हात पारे।
४१ औं ओभरको अन्तिम बलमा नेदरल्यान्ड्स अलआउट भयो।
त्यसअघि पाकिस्तानका विकेट किपर मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रनको योगदान दिए। रिजवानले ७५ बलमा ८ चौका प्रहार गर्दै ६८ रन बनाएका हुन् । सकिलले ५२ बलमा ९ चौका र १ छक्काको मद्दतमा ६८ रन जोडे ।
त्यस्तै मोहम्मद नवाज ३९ रन जोडे । शादब खानले ३२, हरिस रौफले १६, इमाम उल हकले १५, शाहिन शाह अफ्रिदीले १३ रन बनाए । त्यस्तै कप्तान बाबर आजमले ५ रन जोडे ।
बलिङतर्फ नेदरल्यान्ड्सका बास डि लिडले ४ विकेट लिए भने कोलिन एकरम्यानले २ विकेट लिए । त्यस्तै अर्यान दत्त, लोगन भान बिक र पाउल भान मार्केनले समान एक एक विकेट लिए।








