एमाले गण्डकीको अध्यक्षमा मायानाथ कि नवराज ?

काठमाडाैँ । नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । यसअघि बुधबार दिउँसो १ बजे मतदान सुरु गर्ने तालिका सार्वजनिक भएको थियो । तर बुधबार मनोनयन प्रक्रिया ढिला सुरु हुँदा प्रदेश निर्वाचन समितिले निर्वाचन कार्यतालिका पुनःसंशोधन गर्दै आज दिउँसोबाट मतदान हुने जनाएको छ ।

निर्वाचन समितिका अनुसार उम्मेदवारी फिर्ताको समयावधि बिहानसम्मको लागि तय गरिएको छ त्यसपछि आजै दिउँसो मतदान हुने कार्यक्रम रहेको छ । निर्वाचनमा विद्युतीय मतदान हुने भएकाले परिणाम आजै आउने छ । मतदानमा प्रदेशका ८५ वटै स्थानीय तहबाट आएका ९०७ प्रतिनिधिले मतदान गर्नेछन् ।

निर्वाचनले पाँच पदाधिकारीसहित १६५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ । सोमबार उद्घाटन भएको अधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुट्न नसक्दा मतदान हुन लागेको हो । प्रदेश अध्यक्षका लागि लमजुङका मायानाथ अधिकारी र म्याग्दीका नवराज शर्मा चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यी हुन् पदाधिकारीका उम्मेदवारहरूः

अध्यक्षका लागि

लमजुङका मायानाथ अधिकारी
म्याग्दीका नवराज शर्मा

उपाध्यक्षका लागि
नवलपुरका बाबुराम विक
स्याङ्जाका मीनप्रसाद गुरुङ

सचिवका लागि
कास्कीका रश्मि आचार्य
लमजुङका धनञ्जय दवाडी

दुई उपसचिवका लागि
म्याग्दीका सन्तोष रावल
कास्कीका दामबहादुर विक
कास्कीकी मीना गुरुङ
पर्वतकी मञ्जु अधिकारी

एमालेको लुम्बिनी, बागमती, कर्णाली र कोशी प्रदेश गरी चार प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको छ । लुम्बिनीमा राधाकृष्ण कँडेल, बागमतीमा कैलाश ढुंगेल, कर्णालीमा गुलाबजंग शाह र कोशीमा घनश्याम खतिवडा प्रदेश अध्यक्ष निर्वाचित भइसकेका छन् । अब एमालेको सुदूरपश्चिम, मधेस प्रदेश र उपत्यका विशेष अधिवेशन हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *