बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ? 

काठमाडौँ । लगातार ८ दिन घटेको सुनको मूल्य आज बढेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६हजार १०० रुपैयाँ थियो ।

चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघले हिजो मंगलबारकै मूल्यमा आज चाँदीको कारोबार भइरहेको जनाएको छ । चाँदी १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =