बझाङ भूकम्प : एक महिला बेपत्ता, ९ जना घाइते

काठमाडौं । बझाङमा भूकम्पसँगै आएको पहिरोमा परी एक जना महिला बेपत्ता भएकी छन् ।

जयपृथ्वी नगरपालिका वडा नम्बर–११ ओखलगाउँकी गुनदेवी धामी भूकम्पसँगै आएको पहिरोमा परी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनी टिमुर टिप्न गाउँनजिकैको जंगलमा गएकी थिइन् ।

यस्तै भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा गरी ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरी कार्यालयका प्रवक्ता दीपेश चौधरीका अनुसार जयपृथ्वी नगरपालिकामा ४ जना, मष्टा गाउँपालिकामा २ जना र केदारस्युँ, खप्तडछान्ना र वित्थडचिर गाउँपालिकामा एक–एक जना गरी ९ जना घाइते भएका हुन् ।

यस्तै भूकम्पपछि गएको सुख्खा पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन ।

जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरमा र छबीस पाथिभेरा गाउँपालिकाको जालेबगरमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको हो ।

निरन्तर परकम्प गइरहेकोले राजमार्ग खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =