सरकारको टालटुले जवाफले अर्थतन्त्र सुधार हुँदैनः पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकारको टालटुले जवाफले सुधार हुने अवस्था नभएको बताए ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताए ।

उनले मुलुकको आर्थिक अवस्था चानेचुने अवस्थामा नभएको भन्दै सरकारले टालटुले जवाफले अर्थतन्त्र समालिन नसक्ने बताए ।

उनले अर्थतन्त्रको समग्र सल्यक्रिया गर्नसक्ने गरी उचित उपचारको प्रवन्ध सरकारले गर्न सक्नुपर्ने बताए । पूर्वअर्थमन्त्री पौडेलले समिति बैठकमा मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्ने बोलाउँदा अर्थमन्त्री आउनुपर्ने बताए ।

उनले मुलुकको अर्थतन्त्र र समितिमा अर्थमन्त्रालयले प्रश्तुत गरेको आर्थिक अवस्था मेला नखाएको बताए । उनले देशको अर्थतन्त्र मन्दीको अवस्थामा आएपनि अर्थमन्त्रालयले मन्दिको अवस्थालाई स्वीकार गर्न नसकेको बताए ।

उनले अर्थतन्त्र मन्दिमा गएको स्वीकार गर्न नसक्ने मन्त्रालयले अर्थतन्त्रका समस्या समाधान नगर्न सक्ने बताए । पौडेलले अर्थतन्त्र मन्दीमा गएको विषयमा सरकारले मौनता साधेको आरोप लगाए ।

उनले सरकारले अर्थतन्त्रको समस्यालाई बेवास्था गरेर अर्थतन्त्र सुधार गर्न नसक्ने उल्लेख गरे ।

उनले अर्थतन्त्रमा देखिएका समस्या,चुनौति र कठिनाईहरु सम्बोधन नगरे अर्थतन्त्रमा उल्लेख्य सुधारहरु हुन नसक्ने बताए ।

उनले बजारमा मागमा कमि आएको र धेरै उद्योगहरु ५० प्रतिशत मात्रै उत्पादन गरिरहेको उल्लेख गरे ।

उनले भने,‘ मुलुकको आर्थिक अवस्था चान्चुने अवस्थामा छैन । सरकारले टालटुल गरेर टालटुले जवाफले मुलुकको अर्थतन्त्र समालिने अवस्था छैन । अर्थतन्त्रको समग्र सल्यक्रिया गर्न सक्ने गरी उपचार गर्न सक्ने गरी उचित प्रवन्ध सहित समितिले बैठक आयोजना गर्नुपर्छ । समिति बैठकमा अर्थमन्त्री आउँछु भनेपछि आउनुपर्छ । मुलुकको अर्थतन्त्र र समितिमा अर्थ मन्त्रालयले प्रश्तुत गरेको आर्थिक अवस्था मेला खाएको छैन । हाम्रो देशको अर्थतन्त्र मन्दीको अवस्थामा आइपुगेको हो । अर्थमन्त्रालयले अर्थतन्त्र मन्दिको अवस्थामा पुगेको स्वीकार गर्न सकेन । स्वीकार गर्न नसक्ने मन्त्रालयले अर्थतन्त्रका समस्या समाधान खोज्छ कसरी ? बजेट प्रश्तुत हुँदै गर्दा मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको थियो । अर्थतन्त्र मन्दिमा गएको विषयमा सरकारले मौनता साधेको छ । यो समस्यालाई बेवास्था गरेर अर्थतन्त्र सुधार गर्न सक्दैनौं । अर्थतन्त्रमा जुन प्रकारका चुनौतीहरु देखिएका छन् । समस्या,चुनौति र कठिनाईहरु सम्बोधन गर्नेगरी सरकारका उल्लेख्य सुधारहरु छैनन् । अर्थतन्त्र सुधार हुँदै गएको छ भन्ने कुरा विश्वास गर्नसक्ने अवस्था छैन । बजारमा मागमा कमी आएको छ । धेरै उद्योगहरु ५० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । त्यसको प्रत्यक्ष प्रभाव रोजगारीमा परिरहेको छ । मुलुकको राजश्व परिचालनको अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा छ । राजश्व सरकारको साधरणखर्च धान्न नसक्ने अवस्था पुगेका छौं । राजश्व परिचालनमा मुलुक गम्भिर समस्यामा छ । राजश्व परिचालन भएन भनेर बजेटमार्फत अर्थमन्त्रीले राजश्वका दरमा गरेको हेरफेर संसदले पास गर्दा समेत केही परिवर्तन आउन नसक्नुु कारण के हो ?’

उनले मुलुकको राजश्व परिचालनको अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको बताए ।

उनले राजश्व सरकारको साधरण खर्च धान्न नसक्ने अवस्था पुगेको दाबी गरे ।

उनले राजश्व परिचालन भएन भनेर बजेटमार्फत अर्थमन्त्रीले राजश्वका दरमा गरेको हेरफेर संसदले पास गर्दा समेत केही परिवर्तन गरेपनि परिणाम आउन नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =