भरूवा बन्दुक र घरेलु हतियारसहित चार जना पक्राउ
२०८० असोज १६ गते

सांकेतिक फोटो
डोल्पा । काईके गाउँपालिका–४ रिवाबाट भरुवा बन्दुक १ थान, खुकुरी २ थान, बन्चरो १ थानसहित सोही ठाउँ बस्ने ५२ वर्षीय हरिलाल बिक समेत ४ जना सोमबार साँझ प्रहरीलेपक्राउ गरेको छ ।
प्रहरी चौकी माथिल्लो शहरताराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा उनीहरुले गोरूलाई घरेलु हतियार बन्चरो प्रहार गरी मार्न लागिरहेको अवस्थामा फेला पारी उक्त हतियारसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
२०८० असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित








