अर्थमन्त्री महत भन्छन्– शेयर बजारलाई स्वस्थकर बनाउनु पर्छ

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताएका छन् ।

सोमवार ललितपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लगानी कर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौती र जरुरी रहेको बताए ।

उनले अहिले शेयर मार्केट तल झर्नुमा रेगुलेशन र माइक्रो म्यानेजकमेण्टका केही समस्याहरू रहेको बताए । उनले बिस्तारै शेयर बजार बढ्दै जाने दाबी गरे ।

उनले शेयर बजारमा रहेको समस्या समाधानका लागि चाँडै नै समाधानका उपाय खोज्ने बताए । उनले साना बचत कर्ताहरूको लगानी सुरक्षित गरेर जानुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने ‘यद्यपी अहिले शेयर मार्केट तल झरेको छ । त्यसको अलिकति विविध कारण छन् । रेगुलेशनका केही माइक्रो म्यानेजकमेण्टका कुराहरूले पनि समस्याहरू आएको छ । यसको बिस्तारै समाधान हुँदै जान्छ । र समाधान हुनुपर्छ । त्यसमा केही निर्णयहरू चाँडै आउलान् भन्ने पनि मैले विश्वास लिएको छु । तथापि जे भएपनि यो शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ । त्यसको बेनिफिट आम लगानी कर्ता जो सानासाना बचत कर्ताहरू छन्, र यो मार्फतबाट केही हुन्छ की रु भनेर लगानी गर्न अग्रसर हुन्छन् । उहाँहरूको लगानी सुरक्षित गर्न जरुरी छ । सबैभन्दा चिन्ताको विषय त्यो हो । यसमा कतिपय बेलामा इन्साइडर ट्रेडिङका कुराहरू आउने, सूचना लिक हुने, जुन प्रवृत्तिहरू पनि देखिएको छ । यसलाई निर्णायक हिसाबले दायरामा ल्याउनुपर्छ । आम लगानी कर्तालाई मध्यनजर राखेर गर्नुपर्छ ।’

मन्त्री महतले लगानी सुरक्षित गर्ने कुरामा कतिपय बेलामा इन्साइडर ट्रेडिङका कुराहरू आउने र सूचना लिक हुने प्रवृत्तिहरू देखिएको भन्दै यसलाई निर्णायक हिसाबले दायरामा ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =