टोखा नगरपालिकामा ‘प्रथम कर सप्ताह अभियान, २०८०’ सुरु

काठमाडौँ । टोखा नगरपालिकाले आइतबारदेखि शनिवारसम्म प्रथम कर सप्ताह अभियान, २०८० सुरु गरेको छ ।

आइतबार टोखा नगरपालिका कार्यालयबाट प्रभातफेरी कार्यक्रम गर्दै असोज १४ गतेदेखि २० गतेसम्म कर सप्ताह अभियान सुरु गरेको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए ।

उनले नगरपालिकाले नगरपालिका भित्र रहेर व्यापार व्यवसाय गर्ने लगायत अन्य करको दायरामा नआएकाहरूलाई करको दायरामा ल्याउन आकर्षित गरी कर शिक्षा दिनु मुख्य उद्देश्य रहेको बताए । उनले गत वर्ष नगरपालिकाले आन्तरिक स्रोतबाट २५ करोड कर सङ्कलन गरेको बताए ।

नगरपालिकाले चालु आर्थिक वर्षमा ३० करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए । उनले ३० करोड राजश्व उठाउने लक्ष्य अनुसार नगरपालिकाले ६ दिने कर सप्ताह अभियान सुरु गरेको बताए ।

स्थानीय जनतालाई कर किन तिर्ने, कहाँ तिर्ने, किन तिर्नपर्छ, व्यवसाय कहाँ दर्ता गराउने जस्ता विषयमा कर शिक्षा दिएर सचेत बनाउन चाहेको बताए ।

टोखा नगरपालिकाले सोमवारदेखि बिहीबार तीन दिन करदाताहरूको घरदैलोमा गएर करदाता शिक्षा प्रदान गर्ने भएको छ । कर सप्ताह २०८० को नारा टोखा नगरपालिकाको विकास समृद्धिको आधारस् दिगो र फराकिलो स्थानीय कर आधार रहेको छ ।

१८ गते टोखा नगरपालिकाका सामुदायिक र सरकारी विद्यालयहरूमा नारा टोखा नगरपालिकाको विकास समृद्धिको आधारस् दिगो र फराकिलो स्थानीय कर आधार विषयमा वक्तृत्वकला प्रतियोगिता गर्ने नगरपालिकाले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =