सरकारले विश्व बसोबास दिवस–२०८० मनाउने

काठमाडौँ । सरकारले विश्व बसोबास दिवस—२०८० मनाउने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै सहरी विकास मन्त्रालयले विश्व बसोबास दिवसको अवसरमा कार्यशाला गोष्ठीको आयोजना गरी विश्व बसोबास दिवस २०८० मनाउन लागेको हो ।

‘समृद्धि एवं पुनःलाभयुक्त शहरःउत्पादनशील अर्थतन्त्रको आधार’ भन्ने मूल नारासहित विश्व बसोबास दिवस मनाउन लागेको हो । नेपालले सन् १९८६ देखि हरेक वर्ष अक्टोबर महिनाको पहिलो सोमवार विश्व बसोबास दिवस मनाउँदै आएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै विश्व बसोबास दिवस २०८० मूल तयारी समितिका संयोजक सह–सचिव दिलीप भण्डारीले विश्वमा जनसङ्ख्याको ७९ प्रतिशत मानिसहरू सहरी क्षेत्रमा बसोबास गर्ने गरेको बताए ।

उनले अहिलेकै अवस्थामा सहरमा बसोबास गर्ने मानिसहरूको दरले निरन्तरता पाए सन् २०५० सम्ममा सहरी जनसङ्ख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको बताए । उनले काठमाडौं उपत्यकामा सहरीकरणको चाप बढ्दै गएको बताए ।

उनले सहरी क्षेत्रमा जनसख्या बढ्दै जाने तर सहरी अर्थतन्त्र शिथिल हुँदै जाने विश्व परिदृश्यबाट नेपाल पनि अलग नभएको बताए । उनले सरकारले अब सहरहरूलाई आर्थिक अवसरको केन्द्रको रूपमा विकास गरी आत्मनिर्भर सहरी विकासमा जोड दिन जरुरी रहेको बताए ।

उनले सबै निकायहरूलाई बजेट बनाउन सहजीकरण बनाउने उद्देश्यले बसोबास दिवस मनाउँदै आएको बताए । उनले पछिल्लो समय रोजगारीको अवसर सहरी क्षेत्रमा हुने भएकाले सहरमा बसोबास गर्ने आउने मानिसहरू रोक्न सक्ने अवस्था नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =