ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी विधेयक ल्याउने तयारी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संसदको चालु अधिवेशनमै संसदीय समितिले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक दर्ता गर्ने कोसिस भइरहेको बताएकी छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक चालु अधिवेशनमै दर्ता गर्ने कोसिस भइरहेको बताएकी हुन् ।

उनले चालु अधिवेशनमै विधेयक दर्ता हुने विश्वास पनि व्यक्त गरिन् । उनले क्रसर व्यवसायीहरूको मागप्रति सरकार चिन्तित भएको भन्दै समस्या समाधानको पहल गर्ने बताइन् ।

उनले भने ‘हामी पनि उद्योगी, व्यवसायीहरूसँग चिन्तित छौँ । उहाँहरूले लगानी लगाएर बस्नुभएको छ । उहाँहरूको उद्योग बन्द गर्दा हाम्रै युवा दाजुभाइहरू त्यही गिट्टी, बालुवा उठाउन खाँडी मुलुकमा पुगेको छ । यहाँ पनि काम गर्थ्यो नि त । त्यसमा सरकार चिन्तित छ । हामी पनि चिन्तित छौँ । कतिपय त्यतिखेर उद्योगी, व्यवसायीहरूले आफ्नो प्रक्रिया पुर्याएर, मापदण्ड पुर्याएर अहिले पनि कतिपयको सुचारु अवस्थामा छ । कतिपय एउटा दर्ता छ, चारवटासम्म अनधिकृत रूपमा चलाइराख्नुभएको छ । कुन ठाउँमा कतिवटा उद्योग खोलेको छ, उहाँहरूले पनि यकिन डाटा राखे सजिलो हुन्थ्यो । सरकारसँग पनि त्यसको यकिन डाटा छैन । कति दर्ता छ, कति अनधिकृत छ भनेर । यस अधिवेशनमा भएपनि मन्त्रिपरिषद्बाट सदन लग्ने हामीले कोसिसमा लागि परेको छौँ । हुन्छ जस्तो पनि लाग्छ ।’

मन्त्री देवीले के–कति क्रसर उद्योगहरू आधिकारिक र अनधिकृत रूपमा चलिरहेको छन् भन्ने तथ्याङ्क समेत सरकारसँग नभएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =