९ बलमै अर्धशतक बनाएका दीपेन्द्रलाई १ लाख दिने लुम्बिनी अल स्टार्सको घोषणा

काठमाडौं । लुम्बिनी अल स्टार्सले दीपेन्द्र सिंह ऐरीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

एसियन गेम्समा मंगोलियाविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेका दीपेन्द्रलाई लुम्बिनी अल स्टार्सले एक लाख रुपैयाँ दिने बताएको हो ।

दीपेन्द्र लुम्बिनी अल स्टार्सका कप्तान समेत हुन् । उनैको कप्तानीमा लुम्बिनीले पहिलो संस्करणको नेपाल टी ट्वान्टी लिगको उपाधि समेत जितेको थियो ।

अल स्टार्सले एक बिज्ञप्ति निकाल्दै कीर्तिमानी प्रर्दशनको सम्मानलाई दिपेन्द्रलाई १ लाख रुपैयाँ दिने उल्लेख गरेको छ । दीपेन्द्रले मंगोलियाविरुद्धको खेलमा ९ बलमा विश्व कीर्तिमानी अर्धशतक प्रहार गरेका थिए । टी ट्वान्टी क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमानमा दीपेन्द्रले आफ्नो नाम लेखाएका छन् ।

यस्तै, लुम्बिनी अल स्टार्सले मंगोलियाविरुद्ध प्लेइङ ११ मा उत्रने सबै खेलाडीलाई जनही १० हजार रुपैयाँ दिने बताएको छ । खेलाडीको प्रर्दशनको सम्मान गर्दै पुरस्कार रकमको घोषणा गरिएको अल स्टार्सले जनाएको छ ।

नेपाल क्रिकेट संघले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी ट्वान्टी लिगको सहभागी टिम हो, लुम्बिनी अल स्टार्स । नेपाली क्रिकेटको प्रबर्द्धनमा सहयोग पुर्याउने उद्धेश्य सहित विदेशमा रहेका नेपालीको संलग्नतामा यस क्लबको स्थापना भएको हो ।

नेपालको सम्भावना बोकेको क्रिकेटमा सहयोग पुर्याउने उद्धेश्यले स्थापना भएको लुम्बिनी अल स्टार्सले खेलाडी र क्रिकेटमा विभिन्न समयमा सहयोग पुर्याउदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 12 =