एमाले कर्णाली प्रदेश अधिवेशनको तयारी पूरा, ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको तयारी पूरा भएको छ । भोलि (बुधबार) बाट सुरु हुने अधिवेशनको तयारी पूरा भएको एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए ।

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा १०–११ असोजमा हुने अधिवेशन तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शाहले अधिवेशनको उद्घाटन बुधबार बिहान ११ बजे सुर्खेतस्थित सिटी हलमा हुने बातए । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने उनले बताए ।

अधिवेशनलाई महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको अध्यक्ष शाहले बताए । अधिवेशनमा १० जिल्ला र मोर्चा संगठनबाट ६०४ जना प्रतिनिधिले भाग लिनेछन् । जसमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुष रहनेछन् । एमालेले छानेका प्रतिनिधिमा ७३ जना पुरुष र ३८ महिला गरी एक सय ११ जनाको दलित प्रतिनिधित्व रहनेछ ।

अधिवेशनमा जिल्लागत प्रतिनिधित्व (भूगोलअन्तर्गत) सुर्खेतबाट एक सय १२, जाजरकोटबाट ७५, दैलेख ७४, कालीकोटबाट ६५, हुम्लाबाट ४८, जुम्लाबाट ४८, सल्यानबाट ४८, डोल्पा ३९, मुगु ३३, रुकुमपश्चिम २३ गरी पाँच सय ५४ जना र विभिन्न २२ वटा जनवर्गीय संगठनबाट ५० जनाको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ ।

अधिवेशनको बन्द सत्र असोज ११ गते बिहान ८ बजेदेखि सुुरु हुनेछ । बन्दसत्रले पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ भने पाँच जना पदाधिकारीसहित १ सय ३५ सदस्यीय कमिटी निर्वाचित गर्ने अध्यक्ष शाहले बताए । अधिवेशनको उद्घाटन सत्रमा झन्डै पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *