एसियाली खेलकुदका लागि सन्दीप र सागर चीन प्रस्थान

काठमाडौँ । नेपाली क्रिकेट टोलीका दुई स्पिनर सन्दीप लामिछाने र सागर ढकाल चीन प्रस्थान गरेका छन्।

१९ औँ एसियाली खेलकुदका लागि सन्दीप र सागर साढे १२ बजे चीनतर्फ प्रस्थान गरेका हुन्।

नेपाली क्रिकेट टोलीका अरू सदस्य भने आइतबार नै चीन पुगेका छन् । तर सन्दीप लामिछाने भने उनीविरुद्धको बलात्कार मुद्दाका कारण टोलीसँग जान पाएका थिएनन्। सागर ढकाललाई पछि टोलीमा बोलाइएको हो।

ललितनारायण राजवंशी प्रशिक्षणका क्रममा घाइते भएपछि उनीको स्थानमा सागरलाई बोलाइएको हो।

नेपालले बुधवार बिहान मङ्गोलियासँग खेल्दैछ।

सन्दीप सोमबार नै जाने तालिका भएपनि मानसिक रूपमा आफू खेल्न सक्ने अवस्थामा नरहेको बताएका थिए। साँझ नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र र सचिव पारस खड्कासँग छलफल भएपछि उनी जान तयार भएका हुन्।

नेपालले अर्को खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । नेपाल क्वाटरफाइनलमा पुग्न औपचारिकता मात्रै बाँकी देखिन्छ।

क्वाटरफाइनलमा बंगलादेश, भारत, अफगानिस्तान, पाकिस्तान र श्रीलंका छन्। विश्वकपको कारण सबै टेस्ट टोलीले आफ्नो दोस्रो रोजाईको टोली पठाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *