बीबीएलमा नेपालका आठै खेलाडी ‘अनसोल्ड’

बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेलाडी ड्राफ्टमा नेपालका सबै खेलाडी अनसोल्ड भएका छन् ।

आईतबार भएको ड्राफ्टको अन्तिम सुचीमा नेपालका आठ खेलाडी समावेश रहेकामा सबै अनसोल्ड भएका हुन् ।

ड्राफ्टमा समावेश भएका नेपाली खेलाडीको नाम भने सार्वजनिक भएको थिएन ।ड्राफ्टमा ४ सय ४५ विदेशी खेलाडी समाबेश रहेका थिए ।

१० औं संस्करणको बीपीएलमा सात टोलीले सहभागीता जनाउदैछन् ।

प्रतियोगितामा कोमिल्ला भिक्टोरियन्स, डुराडान्टो ढाका, चित्तोग्राम च्यालेन्जर्स, खुल्ना टाईगर्स, रंगपुर राईडर्स, फोर्टुन बारिसल र सिलेट स्टाईकर्स सहभागी रहने छन् ।

कोमिल्ला भिक्टोरियन्स ९ औं संस्करणको बीपीएल च्याम्पियन टोली हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *